SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/५ गते
    १२२३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नीजि क्षेत्रका ब्यवसायीहरुको नयाँ नेतृत्व चयनका विषयमा यति बेला पर्वत जिल्ला निर्वाचनमय भएको छ । पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत ७ गते हुने निर्वाचनमा दुई पक्षले उमेदवारी दिएका छन् । बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र पूर्व उपाध्यक्ष शिव शर्मा पौडेले चुनावी मैदानमा छन् । उनीहरुले आफ्नो समूह नै निर्माण गरेर प्रचार प्रसार अभियानमा जुटेका छन् । नीजि क्षेत्रको संगठन पर्वत उद्योग बाणिज्य संघमा बाम मोर्चाको तर्फबाट अधिकारी र प्रजातान्त्रिक मोर्चाबाट पौडेलको उमेदवारी रहेको छ ।

    उमेदवारी दिएकाहरु मध्ये अधिकारी २ पटकसम्म पर्वत उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्षको पद सम्हालेका ब्यक्ति हुन् । २०५५ सालमा आमन्त्रित सदस्यको रुपमा पर्वत उद्योग बाणिज्य संघमा प्रवेश गरेका अधिकारी २०६९ सालमा द्धितिय उपाध्यक्ष बनेका थिए । उनी २०७२ साल र २०७४ सालमा लगाएत बरिष्ठ उपाध्यक्षको भूमिका सम्हालीसकेका छन् । घरेलु तथा साना उद्योग महासंघको जिल्ला अध्यक्ष समेत बनेका उनी नेपाल रेडक्रम सोसाइटीका आजीवन सदस्य हुने ।

    हाल गुप्तेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य रहेका अयधिकारी रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष पनि हुन् । सामाजिक संस्थाहरुमा सक्रिय अधिकारी पर्वत जेसीजका संस्थापक सदस्य तथा समुदायिक रेडियो कुशुम ९० मेगाहर्जका संस्थापक सदस्य समेत हुन् । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका उपाध्यक्ष अधिकारीले फर्निचर ब्यवसायी संघ पर्वतको संस्थापक सचिवको जिम्मेवारी समेत सम्हालीसकेका छन् ।

    उनी सामुदायिक सेवा समाज कुश्माका सल्लाहकार हुन् । पर्वतको कुश्मामा झण्डै ३ दशक देखि फर्निचर ब्यवसाय सञ्चालन गर्दै आइरहेका अधिकारीले उद्योगी ब्यवसायीहरुको हक अधिकार स्थापीत गराउनका लागि आफ्नो उमेदवारी रहेको बताउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं