SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/५ गते
    ४३३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर,कपिलवस्तु, । भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल खां लाई कृष्णानगरमा रहेका राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा संघका पदाधिकारी हरुले दोसल्ला ओढाई सम्मानित गरेका छन।

    राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले नेपालमा बोलिने उर्दु भाषाको स्थितीको बारेमा प्रोफेसर शहपर रसूल लगायत उपस्थित अन्य लाई जानकारी दिदै हामी उर्दु भाषाको संरक्षण सम्बर्धनमा लाग्नु पर्ने कुरामा जोड़ दिए‌। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले हाल नेपालमा हुन गइ रहेको जनगणनाको कार्यक्रम लाई ध्यानमा राख्दै उर्दु भाषि सक्रिय भएर लाग्न अनुरोध गरे। मदरसाहरुलाई उर्दु भाषा संरक्षण दिनमा अहम भूमिका समेत रहेको बताउदै भारतको मदरसा शिक्षा परिषदले मान्यता दिएको मोलवी,आलिम डिग्री लाई नेपाल सरकारले समकक्षता दिएको साथै उर्दू भाषा लाई नेपालमा सम्मानका साथ अग्रता दिदै तराई क्षेत्रका अधिकांश कार्यलयहरुमा बोल्ने भाषाको रुपमा परिचित रहेको प्रोफेसर खां लाई बताउनु भयो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम खां ले उच्च शिक्षा अलिगढ मुस्लिम यूनिवर्सिटी बांट शिक्षा हासिल गरेको कुरा थाहा पाउदा भारत बांट आएका प्रोफेसर खां ले वितरण केन्द्र कृष्णनगर प्रमुख खां लाई दोसल्ला ओढ़ाई सम्मान दिदै पुनः एक पटक हाम्रो विश्वविद्यालयमा घुम्न आउन आग्रह गर्दै उर्दु भाषाको संरक्षण सम्बर्धनका लागि हुन सक्ने यथा शक्ति सहयोग आफूहरु गर्न सधै तयार रहेको बताउनु भयो।सो अवसरमा कवि जाहिद आजाद झण्डानगरी र अनवार अहमदले आफ्नो कविता वाचन गरेर उपस्थित सबै लाई मुग्ध बनाए।

    उक्त सम्मानमा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की सदस्य नियाज़ अहमद, तारिक रियाज,अब्दुल नूर,युवा नेता जुम्मन खां,मन्जुर अहमद मुजिबुल रहमान शाह लगायत उर्दु भाषा प्रेमीहरुको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं