गोबिन्द, पर्बत । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७ अन्तर्गत आज एघारौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको तृतीय स्थानको लागी भएको खेलमा खानीगाउँ (ए) ले विनामारे फेन्सी स्टोर्स लाई हराउदै तेस्रो स्थान पक्का गरेको छ भने विनामारे फेन्सी स्टोर्स सान्त्वनामा नै चित्त बुझाउन बाध्य भएको छ ।
आज भएको खेलमा खानीगाउँ (ए) ले पहिलो सेट २५-२० जित्यो तर दोस्रो सेट विनामारे फेन्सी स्टोर्सले २५-१८ ले आफ्नो पोल्टामा पर्यो र खेलमा फर्किने संकेत देखायो तर खानीगाउँ (ए) ले तेस्रो २५-२१ र चौथो सेट २५-१५ ले जित्दै तेस्रो स्थान पक्का गर्यो र ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) हात पर्यो भने सान्त्वना टिम विनामारे फेन्सी स्टोर्सले २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) पायो ।
१० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) र दोश्रो हुने टिम लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) रहेको भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।