SuchanaKendra

  • Radio Kushum


    दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगितामा पोखरा ट्रेनिङ सेन्टर र टाईगर ग्रुप पोखरा बिजयी

    आज बिहान खानीगाउँ (बि), पर्बत र पक्कुवा को ८:३० र दोस्रो खेल १०:३० मा खानीगाउँ (ए) र तरुण दल, फलेबास बिच हुने छ !

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२० गते
    १०७९ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  ।  एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत पुन युवा क्लबले ३९ औ मगर दिबसको उपलक्ष्यमा १५ गते बाट शुरु गरेको मगर महोत्सवमा हिजो बिहान भएको लिग चरणको पहिलो भलिबल खेलमा पोखरा ट्रेनिङ सेन्टर ले खानीगाउँ, पर्बत लाई रोचक तरिकाले हरायो । पहिलो सेट २५-१७ ले जितेको खानीगाउँ (ए), पर्बत दोस्रो सेट २५-२६ तेस्रो १२-२५ र अन्तिम सेट २१-२५ ले पोखरा ट्रेनिङ सेन्टर लाई सुम्पिदै पराजित भयो  । प्रतियोगितामा दश टिम को सहभागी रहेको छ।

    त्यस्तै सोहि दिन भएको अर्को खेलमा टाईगर ग्रुप  पोखराले गोल्डेन युथ क्लब, ज्ञादी लाई सोझो सेट मा हरायो । टाईगर ग्रुप  पोखराले पहिलो सेट १२-२५ दोस्रो ९-२५ र तेस्रो सेट १७-२५ ले गोल्डेन युथ क्लब, ज्ञादी लाई हरायो। अब अर्को खेल आज बिहान  खानीगाउँ (बि), पर्बत र पक्कुवा को ८:३० र  दोस्रो खेल १०:३० मा खानीगाउँ (ए) र तरुण दल, फलेबास बिच हुने कुरा को जानकारी भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो भने।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं