SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१ गते
    १२८० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, स्याङ्जा ।स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा बिकको उपचारमा समस्या उत्पन्न भएको छ।

    आफ्नो परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले क्यान्सर पीडित छोराको उपचार गर्नलाई कठिन भएको बिकका बुबा लाल बहादुर बिकले बताउनुभयो । बि.सं. २०५३ सालमा जन्मिएका बिक केही गर्ने , केही बन्ने तथा लाउ-लाउ र खाउ-खाउ भन्ने उमेरमा आफू क्यान्सरबाट पीडित भएकोले सहयोगीमनहरु सामु बिकले सहयोगको याचना गरेका छन् ।

    देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुले सहयोग गरिदिए आफु क्यान्सर रोगबाट मुक्त हुने आशा लिएको बताउदै बिकले आफ्नो बुवाको घाँटीमा आएको गिर्खाको समेत अपरेसन गर्न नसकेकोमा दुखेसो व्यक्त गर्नु भयो।

    बिकको हाल बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ। बिकको उपचारको सहयोगका लागि एभेरेष्ट बैंकको खाता नं: (00400501225257) लाल बहादुर कामी। बिदेशबाट सहयोगका लागि सुईफ्ट कोड नं: EVBLNPKA प्रयोग गरि सहयोग गर्न सकिने छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं