SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/२४ गते
    १३१२ &#२३४६;&#२३३५;&#२३२५;

     पर्वत । पर्वतको तिलाहारमा जन्मिएका सामाजिक अभियान्ता तथा समाजसेबी सफल व्यवसायी रविजंग लामिछानेले कोरोना महामारीका बेला आफ्नै जन्मभूमिमा निकै ठुलो संख्यामा स्वास्थ्य सुरक्षा सामग्री सहयोग पठाएका छन् ।

    उनले पर्वत र म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क प्रदान गरेका हुन् । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित नवजागृत माध्यमिक विद्यालय, म्याग्दीको मंगला माध्यमिक विद्यालय र पर्वत तिलाहार स्वास्थ्यचौकीका लागि उनले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका हुन् ।

    समाजसेवी लामिछानेले पठाएका १० हजार थान मास्क, स्यानिटाइजर र ह्यान्डवास लगायतका सामग्री उनकै दिदी इन्दु लामिछानेले हस्तान्तरण गरेकी छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला स्थानीय विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षामा सहयोग पुगोस् भनेर सुरक्षा सामग्री पठाएको लामिछानेले बताए ।

    महामारीका बेला समेत पर्याप्त मात्रामा आधारभूत सुरक्षा सामग्री नरहेको स्वास्थ्य चौकीमा पनि आफ्नो सहयोगबाट मद्धत पुग्ने आशा उनले राखेका छन् । बेलायतमा एक सफल नेपाली व्यवसायीका रुपमा स्थापित लामिछानेले नेपाल सरकारको कोरोना राहत कोषमा पनि १५ लाख रुपैंया सहयोग पठाइसकेका छन् ।

    सामाजिक कार्यहरुमा सधै अगाडि उनले नेपालमा ठूलो रकम खर्चिएर कयौं मन्दिरहरुको स्थापना गराएका छन् । सामाजिक क्षेत्रमा पनि उनले दशौं लाख रुपैंयाको सहयोग बाँडिसकेका छन् । केही वर्षअघि नेपालमा महाभूकम्पको बेला मात्रै उनले नेपाल सरकारमार्फत् ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

    बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरको लागि समेत लामिछानेले १५ हजार पाउण्ड बढीको आर्थिक सहयोग र साढे ४ सय किलो तौलका मूर्तिहरु प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं