SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१६ गते
    २०३० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिहादी गाउपालिका वडा नम्बर १ बाच्छामा लगभग ३५, ४० वर्ष अगाडि देखि सुरु भइ साविक बाच्छा गा.वि.स. वडा न ४, ५ का भुतेखोला देखि दुर्लाङ्ग सम्मका करिब १०० घरघुरिका जनताले उपभोग गर्दै आएको बतासे खानेपानी आयोजनामा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हिमनाथ आचार्यको नेतृत्वमा डोजर लगाइ बन्द हुने अबस्थामा पुराइएको भन्दै स्थानिय नागरीकहरु अान्दाेलनमा उत्रिएका छन् ।।

    स्थानीय जनताको आग्रहलाई अटेर गरि, राजनीतिक पुर्वाग्रहि हिसाबले गा.पा.बाट वडालाइ छुट्टाइएको रु १५००००० ( पन्ध्र लाख) रुपैया बछेश्वर देखि भेडाबारसम्म ४ घरलाइ जाेड्नकाे लागि नया सडक भन्दै स्थानीय जनताको सुझावलाई व्यवस्ता गरी पानीको बिकल्प नखोजी डोजर चलाइएको हाे, जसका कारण करीब १०० घरधुरीका जनताले पिउने पानी नै बन्द भएको छ र मुहानको संरचना छेतबिछेत भएको छ साथै स्थानीयले कष्ट भोग्नु परेको छ। बाच्छाका खानेपानीका उपभाेत्ता त्रिदिप तमुले सुचनाकेन्द्र डटकमलाइ बताएका छन् ।

    अधिल्लो वर्ष पनि पाँच लाख रुपैया छुट्टाइएको उत्त अायाेजनामा त्यस बेला बतासे खानेपानी उपभोक्ताहरुको भेलाले पानीको अर्को बिकल्प नहुन्जेल नखन्न भन्दै वडा अध्यक्षलाई सम्पुर्ण उपभोक्ताहरुको हस्ताक्षर सहित पत्र बुझाइएको थियो ।

    अहिले पनि डोजर चलाउन भन्दा पहिले बृहत् खानेपानी आयोजनाका प्रतिनिधि, बतासे खानेपानीका प्रतिनिधि, निर्माण समिती र वडा अध्यक्षको रोहवरमा बैठक बसि पानीको अर्को बिकल्प खोजी ट्यङ्किमा पानी ल्याउने सर्तमा मात्र बाटो खन्ने काम बिस्तार गर्ने सहमतिलाई भएकाेमा अाम सहमतीलाइ  उलंघन गरि जबर्जस्ति अध्यक्षको नेतृत्वमा गा.पा. मा सम्झौता नगरी डोजर चलाउने काम भएको छ बताइकाे छ ।

    खानेपाी पानी बन्द भए पछि स्थानीय बासिन्दाले वडा कार्यालय घेराउ समेत गरेका छन साथै अब बतासे खोलाको मुहानको संरचना बिगृएको अनि जोखिपूर्ण समेत रहेकोले स्थायी रुपको आफ्नै योजनाको नाममा पानीको मुलको व्यवस्था हुनु पर्ने र सबै अध्यक्षले नै निर्माण गर्नुपर्न स्थानीयको माग छ।

    यहाँ क्लीक गरी आन्दोलनको भिडियो हेर्नुहोला ।।

    यता वडा अध्यक्ष होमनाथ आचार्यले बाटो पनि खन्ने खानेपानी पनि सुचारु गर्ने तरीकाले काम गरेको बताएका छन् । १०० घरको लागि नयाँ मुलको ब्यावस्था गरीएको बताएका छन् ।

    आन्दोलन किन भयो भन्ने प्रश्नमा आचार्यले भने बिषयलाई राजनितिक करण गरिएको बताएका छन् । मैले खाने पनि त्यहि भएको कारण मिलाउन लागेको बताएका छन् । सहमती अनुसार अगाडी बढ्दै गर्दा सडक खनियो भबितभ्यको रुपमा बाटोमा ढुगां खसेर समस्या भएकोले त्यसलाई समाधान गरीएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं