SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१५ गते
    १२९३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । ढुवानी व्यवसायी महासंघ नेपालको ५ औं महाधिवेशन तथा १२औं साधारण सभाबाट दर्शन टान्सपोर्ट प्रालिका प्रमुख तथा सफल युवा ब्यावसायी अरुण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । चितवनको सौराहामा शनिबार भएको साधारण सभाबाट श्रेष्ठ महासचिव निर्वाचित भएका हुन ।

    यस्तै केन्द्रीय अध्यक्षमा विश्वनाथ खनाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । । चितवनको सौराहामा शनिबार भएको ५ औं महाधिवेशन तथा १२औं साधारण सभाबाट खनाल पुन निर्वाचित भएका हुन ।

    निकटतम प्रतिद्धन्द्धी विराटनगरका विनोद सिंहलाई ४ मतले पराजित गरि खनाल अध्यक्षमा विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका थिए । कूल खसेको ६० मत मध्ये खनालले ३२ मत ल्याएर विजय भए ।

    महासंघको केन्द्रीय अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका खनाल ट्रान्सपोर्ट एशोसिएसन वीरगन्जका पूर्व अध्यक्ष हुन् । यसैगरि वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, क्षेत्रगत उपाध्यक्षमा ध्रुव दाहाल खत्री, केशव गिरी, खेम जंग बस्नेत र प्रदिप अर्याल निर्वाचित भएका छन् ।

    महासचिवमा अरुण कुमार श्रेष्ठ, सचिवमा पुष्पराज श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले बताए । पांचजना केन्द्रिय सदस्यमा कृष्ण राज पौडेल, सुशिल पौडेल, श्याम प्रसाई, धर्मराज पोख्रेल र टेकराज पोख्रेल विजयी भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं