SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/२९ गते
    ६२९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् ।

    मृ’त्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो ।

    सो क्षेत्रमा पछिल्ला दिनहरुमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएका अफगान सैनिकबिच भि’ड’न्त हुँदै आएको छ । सोही भि’ड’न्त’मा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्ट ठोक्किएका हुन् ।

    अब छिट्टै यी सुन्दरी नायिका संग बिबाह गर्दै छन आदित्य नारायण
    एजेन्सी । उदीत नारायणका छोरा आदित्य नारायणले यसै वर्ष विवाह गर्ने उल्लेख गरेका छन् । आदित्यले सोमबार सामाजिक सञ्जालमा प्रेमीका श्वेता अग्रवालसँगको फोटो सेयर गर्दै यसै वर्ष विवाह गर्ने बताएका हुन् । आदित्य र श्वेता लामो समय प्रेम सम्बन्धमा रहेको बताइन्छ । २०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलोपटक भेट भएको थियो । ‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो ।

    १० वर्षदेखिको प्रेम सम्बन्धबारे उनले कहिल्यै नलुकाएको बताएका छन् । यद्यपी कुनै समय सम्बन्धको बारेमा बोल्न बन्द गरेको पनि उनले स्वीकार गरेका छन् ।

    आदित्यले उनीहरूबीचको विवाह औपचारिकता पूरा गर्ने माध्यम मात्रै हुने उल्लेख गरेका छन् । उनीहरूको विवाह नोभेम्बर वा डिसेम्बरमा हुने आदित्यले बताएका छन् ।गायन र अभिनयसहित आदित्य रियालिटी शोमा उद्घोषणका लागि पनि लोकप्रिय छन् । त्यसैगरी श्वेताले पनि दक्षिण भारतीय फिल्मका हस्ती प्रभास र किच्छा सुदिप लगायत अन्य अभिनेताहरूसँग काम गरिसकेकी छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं