SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१८ गते
    ९४५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर 
    कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय रहोस् भन्ने स्वागत मन्तव्य होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सल्लाहकार लक्षमण भुषालले आफ्नो कुरा राख्नु भयो l

    कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै होटल व्यवसायीको शान्ति सुरक्षामा कमि नहुने
    बताउनुभयो l

    कार्यक्रममा लिंक गेट का प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तु वि.ओ. पी. का प्रतिनिधि सशस्त्र प्रहरी नायब निरिक्षक ठाकुर बहादुर केसी लाई समेत उक्त कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान गरेको थियो l

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर अध्यक्ष शिव घिमिरे ले प्रहरी निरिक्षक पौडेलको स्वागत गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी लकडाउनले गर्दा समस्यामा परेका र दशै तिहारमा चोरीको घटना भई रहने हुदाँ प्रहरी निरिक्षक पौडेलको ध्यानाकर्षण गराउदै सफल कार्यकाल को शुभकामना दिनुभयोl

    उक्त स्वागत कार्यक्रममा कमल जि. सी., गोविन्द जयसवाल, हिरामणी घिमिरे, देवी प्रसाद पन्थ, तिलक गिरी, अन्नतराम घिमिरे, रविन्द्र गुप्ता लगायत होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सदस्य हरूको उपस्थित रह्योl कार्यक्रममा अन्नत राम घिमिरेले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भने पुरूषोत्तम घिमिरेको बुद्ध होटल एण्ड रेष्टुरेन्टको हालमा सम्पन्न भयो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं