SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/७ गते
    ११९१ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कपिलवस्तु 
    कपिलवस्तु प्रहरीले ३७ केजी चरेस सहित कपिलवस्तुको कृष्णनगरमा दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्क नजिक स्तिथ शान्ति पुनर्स्थापना गृहको सहयोगमा शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक जिल्ला दाङ त्रि. न. न. पा. ७ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद भएको हो । चरेस सहित सहित नियन्त्रणमा लिईएका महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी अन्य थप अनुसन्धान अघि बढाईएको र लागु औषध नियन्त्रण ऐन (२०३३) अन्तर्गत मुद्दा चलाईने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रताप पौडेल ले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं