SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२६ गते
    १५७७ &#२३४६;&#२३३५;&#२३२५;

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच केहि समय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    रोशन परियारको संगितमा “हासो संगै आँसु” बोलको नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । चर्चित गायक गायिका पुर्णकला बिसी , अर्जुन सापकोटा , बिक्रम क्षेत्रिको आवाजमा रहेको गितमा अमितबाबु रोकायको शब्द रहेको छ , भने रोशन परियारको संगित रहेको छ | ।

    श्रीमतीले छाडेर गएपछि पिठ्युँमा छोरा बोक्दै राजधानीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् ।भाइरल व्यक्तिलाई भिडियोमा देखाउन पाइन्छ भन्ने निर्माताहरुलाई राम्रैसँग थाहा छ , त्यसैले त यतिबेला अर्जुनको व्यस्तता ह्वात्तै बढेको छ ।

    मेसना म्युजिकको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियो विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको र गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार अञ्जलि अधिकारी अर्जुन बिक निशा राइको अभिनय देख्न सकिन्छ । गितको म्युजिक भिडियो हेर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं