SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१२ गते
    ७०० &#२३४६;&#२३३५;&#२३२५;

    सुबिन बिश्वकर्मा/ बराहक्षेत्र । प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ। आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएको हो।

    प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए।

    असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

    सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए।
    आयोजकले प्रतियोगिताको विशेष: प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने, १५ सेकेन्ड भन्दा माथीको नेपाली भाषाको भिडियो हुनुपर्ने, सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगाएतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताए।

    आजसम्मकै ठूलो धनराशी पुरस्कार भनिएको सो प्रतियोगितामा प्रथम हुनेले सप्रमाणपत्र नगद रु. १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु. १ लाख र ५० हजार र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताए। उनका अनुसार यो प्रतियोगिता व्यापार गर्ने उदेश्यले गरिएको भन्दा पनि फुर्सदको सदुपयोग गरिएको हो।

    यसअघि बराहक्षेत्रलाई मात्र लक्षित गर्दै प्रथम बराहक्षेत्र टिकटक प्रतियोगिता गरिसकेको सदाबहार मिडिया प्रालिले यसपटक `भिडभाड रहित दशै मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔ´ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा संचालित भएको हुदा नेपालमा स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउमा भएकाले पनि सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका अध्यक्ष भवानी धिमालले बताए। उनले भने, हामीले बुझेका छौ कि यो कठिन परिस्थिति छ। त्यसैले हामीले यसको सदुपयोग र लुकेर बसेका कलाहरुलाई स्थान दिएका हौ।
    प्रतियोगितामा भाग लिन सहभागीले रु. १०० प्रवेश शुल्क स्वरुप आयोजकले तोकेको khalti एप, आई.एम.इ पे मार्फत बुझाउनुपर्ने छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं