SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१० गते
    ७१७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा मोवाइल फुड सेन्टर शुरु गरिएको छ ।कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा अवधिमा प्रभावित दैनिक ज्यालादारी मजदूर तथा साँझ विहान हातमुख जोर्न धौ धौ पर्ने विपन्न र असाहायहरुलाई लक्षित गरी सो सेन्टर स्थापना गरिएको हो ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा)को विद्यार्थी संगठन अनेरास्वीयूका केन्द्रीय नेता क्षितिज सापकोटाको समन्वय र शहीद बेपत्ता स्मृति स्र्पोटस् स्कुलको सहकार्यमा स्थापना गरिएको फुड सेन्टरबाट खाद्यान्न अभाव भएकाहरुले आवश्यक सामग्री लिएर जाने तथा हुनेहरुले सहयोग गर्न सक्ने विद्यार्थी नेता सापकोटाले बताए ।

    “छ भने दिएर छैन भने लगेर सहयोग गरौँ ” भन्ने नारा सहित सेन्टरबाट आवश्यक नून, तेल, चामल, लगायतका खाद्य सामग्री लैजान सकिने व्यवस्था गरिएको छ । तर एक व्यक्तिले आवश्यक एक सामग्री मात्र लैजान पाउनेछन् ।

    “कोरोना महामारीले अहिले सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि साँझ विहान हातमुख जोर्न नसक्ने तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर बढी प्रभावित छन्,उनीहरुलाई भौकै बस्न नपर्ने गरी सहयोग गर्न सेन्टरको स्थापना गरिएको हो ।” सापकोटाले भने ।

    आज पहिलो दिन पोखरास्थित पृथ्वीचोकमा सेन्टर रहेकामा एक सातासम्म पोखराका विभिन्न स्थानमा राखिने स्र्पोटस् स्कूलका उपाध्यक्ष विशाल तामाङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं