SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२४ गते
    ८६० &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर ,कपिलवस्तु,  । सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा सम्मानपूर्वक विदाई गरियो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    साथै साथ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका स.प्र.ना.नि. सुरेश न्यौपाने पदमा कार्यरत रही कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै मायाको चिनो उहाँलाई पनि दिएर सम्मान गरिएको थियो र कृष्णानगर विधुत प्राधिकरण को हाकिम महमूद अहमद शेख र कृष्णनगर इलाका प्रहरी निरीक्षक प्रताप पौडेल र नेपाली कांग्रेस को संसदीय ३ कपिलवस्तु को क्षेत्रिय अध्यक्ष अकिल मिया र अर्बन बैंकका बैंक मैनेजर इकरार खान लाई दोसल्लाह ओढ़ाई कार्यक्रममा सम्मान गरिएको थियो।

    इण्डो-नेपाल सामाजिक मञ्च संस्थाका अध्यक्ष अकरम पठानले उपस्थित भएका सबै अतिथि महानुभावहरुलाई स्वागत गरेका थिए र स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही कोरोना कालको समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर हामीहरु गर्दछौं हामीहरु तपाई को राम्रो कार्यलाई कहिले भूलने वाला छैनौ भन्नु भएका थिए र विदाई क्रममा उहाँको उत्तरोत्तर प्रगतिको कामना गरे।

    उक्त कार्यक्रमको अध्यक्षता जामिया इस्लामिया नईमिया विद्यालयका अध्यक्ष हाजी अब्दुल कलाम खान, रहनु भएका थिए।यस कार्यक्रम का संचालक एशियन पब्लिक स्कूलका प्रधानाचार्य र वरिष्ठ पत्रकार सगीर खाकसार ले गर्नु भएको थिए।यस कार्यक्रम कृष्णनगरका भद्रभलादमी, प्रहरी जवानहरु,पत्रकार,समाजसेवीहरु लगायत अन्य महानुभावहरु उपस्थित भएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं