SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२ गते
    ६५८ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस नगरका प्रत्येक शाखा र वडा कार्यालयलाई कागज मुक्त बनाएर प्रविधिको प्रयोगसंगै बर्षेनी ५ कराेडभन्दा बढी राजस्व उठाउन सकिने अधिकृत डांगीले दाबी गरेका छन । विहिवार नगरपालिकामा आयोजित अनलाइन प्रणाली समुद्घाटन कार्यक्रममा सबै वडामा साउन १ गतेदेखि अनलाइन प्रणालीमै राजस्व बुझ्ने र बुझाइएकाे रकम स्वयं हेर्न मिल्ने अधिकृत डांगीले बताए ।

    आर्थिक प्रशासनमा पारदर्शिता भए नगरपालिकाकाे स्राेत बढ्छ र जनताले आपेक्षा गरेका बिकास सम्भव हुने नगरप्रमुख रजत प्रताप शाहकाे भनाई हो । सबै व्यवसायी, जग्गाधनि र संघसंस्थालाई नगरभित्रका बिकासमा टेवा पुर्याउन राजस्व जमा गर्न आग्रह गर्दे पहिलाे करदाताका रुपमा नगरप्रमुखकाे श्रीमती चन्द्रकान्ता सिंहकाे नाममा रहेकाे फर्मले पचीस सय नविकरण शुल्क र बीस हजार राजस्व तिरि उद्घाटन गरिएकाे थियाे ।

    कार्यक्रमका वक्ताहरुले केही जनशक्तिहरुमा सुचनाप्रविधि बारे जानकारी नरहेकाेले नगरपालिका सबै कार्य प्रविधिमैत्री गर्न नसकेकाे अवस्थामा दक्षता बढाउन आवश्यक तालिमा संचालन गरि सुचना प्रविधिलाई आत्मसात गरि लाग्ने वक्तव्य राखेका थिए । दुई घण्टासम्म चलेकाे साे अनाैपचारिक प्रशिक्षणमा कार्यपालिका सदस्यहरु, वडा सचिव, शाखा प्रमुखहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं