SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/११ गते
    १००७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, ।  कपिलवस्तु जिल्लाकाे दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर ले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन (मो.सा)हरु गस्ती टोली र चेकिङका क्रममा भेटिएका हुन् । यसरी पक्राउ परेका पांच थान अवैध (चोरी) को मोटरसाइकल भन्सार बुझाइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ति मोटरसाइकल हरू इलाका प्रहरी कार्यालय कृष्णनगर को मताहत क्षेत्र मा विभिन्न समयमा फेला गरि भन्सार बुझाएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।इलाका प्रहरी कार्यालय कृष्णनगरले कोरोना संक्रमणको २ महिनाको तथ्यांकलाई हेर्दा भारतवाट नेपाल आएका हजारौं नेपालीहरुलाई आफ्नो गन्तव्य सम्म पुर्‍याउन सहजिकरण (रेष्क्यु) गरेको , कोरोना संक्रमण पोजेटिभ देखिएका थुप्रै जनालाई इ.प्र.का. कृष्णनगरको टोली र स्वयम् कार्यालय प्रमुख प्रताप पौडेल ले रेस्क्यू गरेका छन् भने अहोरात्र कोरोना संक्रमणवाट समाजलाई वचाउन सेवामा लागिरहेका छन्।(COVID-19) कोरोना भाइरस को जोखिम मा समेत इलाका प्रहरी कार्यालय को भुमिका सराहनीय रहदै आएको स्थानीय ले बताएका छन् ।

    इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रमुखको जिम्मेवारी सम्हाले पछि प्रहरी निरिक्षक प्रताप पौडेल ले झण्डै ६ दर्जन जनचेतना मूलक कार्यक्रम विभिन्न संघ संस्था र नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको छ ।दशै, तिहार जस्ता चाड पर्वको बेला समेत लाखौं पर्ने पटखा इलाका प्रहरी कार्यालय कृष्णनगर ले नष्ट गरेको थियो ।

    लकडाउन को समयमा समेत सक्रिय रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले गुटखा, मदिरा, अवैध औषधि ,अवैध कुखुरा को चल्ला लगायत करिब ८ लाख ५० हजार बराबरको समान पछिल्लो समयमा नष्ट गरेको र लगभग ५ लाख बराखर को समान भन्सार पठाएको इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछिको अर्को सफलता प्रष्ट देखिन्छ ।कृष्णनगर प्रहरीको यो महत्वपूृ्र्ण र उल्लेख्य कार्यप्रति स्थानीय वासीहरुले प्रहरी प्रतिको सम्मान व्यक्त गर्दै विभिन्न संघ, संस्था तथा निकायहरुवाट सम्मानित समेत भैसकेका छन्।

    आफूहरू सधै राजस्व चुहावट, अवैध माल समान ओसार पसार नियन्त्रण गर्न सधै तत्पर रहेको समाजमा शान्ति सुरक्षा कायम राख्न आफूहरू सधै लागिरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं