सम्राट जिसी, रुपन्देही । विगत लामो समय देखी समाज सेवामा निकै योगदान दिदै आएको फुलबारी गाइज क्लबले मंग्लवार ५ औं रक्तदान कार्यक्रम गरेको छ । फुलबारी गाईज बुटवलको आयोजनामा मंगलबार भएको ५ औँ रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ । लकडाउनका कारण बुटवलमा रगतको अभाव भएकाले ब्लड बैँक बुटवलको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक सरोज दर्लामीले जानकारी दिनुभयो ।
कोरोनाको महामारीमा जुदिरहेको समाजमा रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गर्नुका साथै सोही अवसरमा बालबालिकाहरुलाई खाना समेत खुवाईएको आयोजक संस्थाका अध्यक्ष शिव रानाले जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष राजन बुढाथोकीले आगामी दिनमा पनि समाजको हितका लागि बिभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको बताउनुभयो । कार्यक्रममा संस्थाका कार्यसमितिसहित धेरै समाजसेवीहरुको उपस्थिति रहेको थियो ।