SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/३१ गते
    ३४८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । महिनावारीको समय महिलाहरुलाई अनेक थरीका शारीरिक र मानसिक समस्याबाट गुज्रनुपर्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या हुन् । महिनावारीको समय महिला पिच्छे सबैको फरक फरक स्थिती हुन्छ । कसैलाई धेरै दुख्ने हुन्छ भने कसैलाई कम दुख्ने हुन्छ । महिनावारीको दुखाई र महिनावारीको दिन (समय) सबै महिलाका लागि छुट्टा छुट्टै हुन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस्तो अवस्थामा कुनै एक जनाको स्थितीको आधारमा अरुको अवस्थाको बारेमा भने आकलन गर्न सकिँदैन । महिनावारीको दुखाई कम गर्नका लागि धेरै घरेलू उपायहरु छन् । कसैले त औषधि पनि खाने गरेको देखिन्छ । दुखाईको उपायका साथ साथै महिनावारीको समय खानपानको पनि विशेष ध्यान दिनुपर्छ । खानपानमा कहिले पनि यस्तो खानेकुरा खानु हुन्न, जसले दुखाई अझ बढाउँछ र बिरामी पनि बनाउन सक्छ ।

    महिनावारीको समय यि खानेकुराबाट टाँढै बसौँ :

    १. कैफीन

    महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पु¥याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ । यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ ।

    २. मा’दक प’दार्थ

    महिनावारीको समय मा’दक पदा’र्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय र’क्सी’, वि’यर जस्ता मा’दक प’दार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ ।

    ३. चकलेट

    चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ ।

    ४. रातो मासु

    रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ ।

    ५. अचार

    महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन । विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं