SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२९ गते
    १४६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । सरकारले लकडाउन सहजीकरण गर्ने निर्णय गरेको छ । निजी तथा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनको बिहिबारबाट अनुमति दिएको छ । पसल, व्यवसाय, उद्दोग र कलकारखाना पनि खोल्न अनुमति दिएको सरकारका एक मन्त्रीले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    काठमाडौं उपत्यकाको हकमा सिटको आधा संख्या मात्र राखेर सवारी सञ्चालन गर्न दिइनेछ । तर, जोर दिनमा जोर र बिजोर दिनमा बिजोर नम्बरको सवारीमात्र सञ्चालनको अनुमति छ । प्रदेशहरुको हकमा प्रदेश सरकारलाई निर्णयको अधिकार दिइएको छ । सुरक्षाको मापदण्ड अपनाएर पसल व्यवसाय खोल्न छुट दिइएको छ । ७८ दिनको लकडाउन पछि पसल व्यवसाय बिहिबारबाट खुल्ने भएका हुन् ।

    उद्दोग कलकारखाना र पूर्वाधार निर्माणका कामको अनुमति दिने निर्णय भएको छ । योसँगै सडकलगायत पूर्वाधार निर्माण शुरु हुनेछ । लामो दुरीको सवारी भने सञ्चालनको अनुमति दिइएको छैन । निजी सवारी पनि लामो दुरीमा सञ्चालनको अनुमति दिइएको छैन । यसैगरी, एसईई परीक्षा यस वर्ष नलिने निर्णय भएको छ । विद्यालयहरुले लिएको आन्तरिक परीक्षा मुल्यांकनलाई नै मान्यता दिइनेछ ।

    के के खुल्ने

    अस्पताललगायत अत्यावश्यक सेवा
    कृषि कार्य
    भौतिक पूर्वाधार निर्माण
    आधा सिटमा सवारी सञ्चालन, जोर बिजोर प्रणाली
    पसल व्यवसाय
    उद्दोग तथा कलकारखाना
    होटल

    के के नखुल्ने

    शैक्षिक संस्था
    मनोरञ्जन स्थल
    जीम हल
    पौडी पोखरी
    खेलस्थल
    लामो दुरीमा सवारी

    https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=19s

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं