SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२६ गते
    ३०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा लाश भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । लाश कम्बल ओढाएर राखिएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको लाश त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी ग¥यो । प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन् ।

    “मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भन्नुभयो, “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन् ।” मृतकका आफन्तले घाइते उनलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उहाँले बताउनुभयो ।

    राति कतिबजेतिर सुर्खेत पु¥याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ । नेपालीको लाशलाई लाशवाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उहाँको भनाइ छ ।

    यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं