SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१५ गते
    १९२२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द ,पर्बत। कुश्मा नगरपालिकाको बडा नं. ७ गोदाममा मा सार्वजनिक व्ययाम सामग्री जडान कार्यको प्रारम्भ भएको छ । गोदाम चौर चक्लाबन्दी साथै सम्याउने र पर्वतमै पहिलोपटक खुल्ला चौरमा सार्बजनिक रुपमा ओपन जिमका सामग्री जडान गर्ने कार्य भईरहेको छ । कुश्मा नगरपालिकाको सहयोग र बडा नं. ७ को पहलमा निर्माण भएरहेको यस खुल्ला सार्वजनिक व्ययाम सामग्री जडान निर्माणकै चरणमा रहेपनि चौरमा मर्निङ वाक, ईभिनिङ वाक लगायतका हिडडुल एवं चहलपहल बढि भएको कारण कोरोना संक्रमण हुने कुरालाई ध्यानाकर्षण गराउदै कोहिपनि अत्यावश्यक वाहेकको हिडडुल नगरिदिनुहुन र लकडाउन अवधिभर गोदाम चौरमा खेल खेल्न एवं सार्वजनिक व्यायाम सेवा समेत निर्माणकै चरणमा रहेकोले पनि पुर्णरुपमा रोक लगाईएको बडा नं. ७ का वडा अध्यक्ष सुबाशचन्द्र पौडेलले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    केहि दिन पहिला गोदाममा मर्निङ वाकको चहलपहल बढेसगै स्थानीयबासीको अनुरोधमा प्रशासनले रोकलगाएको थियो तर सार्वजनिक व्ययाम सामग्री जडान कार्य पुरा नहुदै फेरी एकपटक गोदाममा मर्निङ वाक र ईभिनिङ वाक गएर फोटो खिचेर सामाजिक संजालमा हाल्ने लहर नै चलेको थियो । दैनिक अबतजावत बढेपछि कोरोना संक्रमण फैलिन सक्ने डरले र निर्माणकार्यपनि पुरा नभाएको हुदाँ थप कडाई गरेको जानकारी गराउदै सबैजना आफ्नो अनुशासनमा रहनहुन साथै यस लकडाउन अवधिमा घरमै योग एवं व्यायाम गरि आफ्नो स्वास्थ्य प्रति सचेत रहन पनि बडा नं. ७ का वडा अध्यक्ष सुबाशचन्द्र पौडेलले बिशेष आग्रह गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं