SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    १०२३ &#२३४६;&#२३३५;&#२३२५;

    भैरहवा ।
    विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना सम्बन्धी भैरहवामा चेक जाँच तथा स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ । मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको बुद्धचोक नजिकै रहेको संगम पेट्रोल पम्पको उत्तर तर्फ अस्थाई शिविर क्याम्प बनाएर चेक जाँच सुरु गरिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चैत्र मसान्तसम्म चल्ने उक्तमा शिविर बिहान ९ बजे देखि साँझ ५ बजेसम्म स्वास्थ्य चेक जाँच कोरोना भाइरसबारे जनचेतना तथा वृद्धहरूलाई मास्क वितरण, सुगर परिक्षण र सेनिटाइजर हातमा लगाई अभियान सुरु गरिएको मायादेवी च्यारीटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिनुभयो ।

    प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको सुगर तथा ज्वरो नापेर शिविरको औपचारिक शुरुवात भएको बास रुपन्देहीकी बिजया खत्रीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको कार्य सराहनीय रहेको बताउनुभयो । साथै उहाँले सम्पूर्ण आमनागरिकलाई यस भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं