SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    ७४१ &#२३४६;&#२३३५;&#२३२५;

    पदम श्रेष्ठ, पोखरा । पोखराबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित पर्यटकीय क्षेत्र मादी गाउपालिका वडा नं. २ ताङतिङमा मुद्रण उद्योग संघ कास्कीको १० औं साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि मादी गाउपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम) ले दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। गुरुङले ताङतिङ पर्यटकीय क्षेत्रको रुपमा अब्बल रहेको तर प्रचार–प्रसारको अभावले गर्दा पछि परेको जानकारी गराएका थिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आफूले मादिको माथिल्लो भेगलाई पर्यटकीय क्षेत्र बनाउने र तल्लो भेगमा कृषिको प्रचुर सम्भावना भएको हुँदा कृषी क्षेत्रको विकासको गुरुयोजना बनाइसकेको जानकारी गराएका थिए। सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मादी गाउपालिकामा पाइने स्थानीय खानाको परिकार तथा स्थानीय लोकभाकामा नाचगान सहित सांगेतिक मनोरञ्जन गराउने समेत बताएका छन्।प्रतिक अफसेट प्रेसका सञ्चालक पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, गोर्खाली अफसेट प्रेसका सञ्चालक जिवन गोर्खालीले महासचिवको प्रतिवेदन र कोहिनुर अफसेट प्रेसका बसन्त बाँस्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

    साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठले भावी १ वर्षमा सम्पन्न गर्ने कार्ययोजनाहरुमा जिल्लाका सम्पूर्ण मुद्रण उद्योग व्यवसायीहरुको अफिसियल डकुमेन्टेशन राख्ने, स्मारिका प्रकाशन गर्ने, इष्टिमेट सफ्टवयर तयार गर्ने र इष्टिमेट डायरी प्रकाशन गर्ने घोषणा गर्नुका साथै विभिन्न उपसमिति संयोजक तोकिसकिएको बताएका थिए। आफ्नो कार्यकालमा सम्पन्न भएका सम्पूर्ण कार्यक्रमहरु जानकारी गराएका थिए।

    त्यसैगरी ताङतिङ होमस्टेकी अध्यक्ष पशमाया गुरुङले पाहुनाहरुलाई ताङतिङको अवस्मरणीय यादहरु सदा आउने गरी खुसी बनाई पठाएको बताएकी थिइन्। “यहाँ एक पटक आइपुगेका पर्यटकहरुले आफ्नो ठाउँमा गएपछि पुन अरुलाई ताङतिङ घुम्नको लागि प्रोत्साहन गरेको समेत जानकारी गराएकी थिइन्।”

    मुद्रण उद्योग संघ कास्कीका तृतीय उपाध्यक्ष सुवास सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने मुद्रण उद्योग संघ कास्कीका सल्लाहकार देवी अर्याल, प्रथम उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण), का.स.सदस्य तथा उद्योग वाणिज्य संघ कास्कीका सदस्य दिनेश बास्तोला, सहसचिव तथा साधारणसभा कार्यक्रम संयोजक निरन्जन बजिमया, साधारण सदस्य विश्व प्रधान लगायतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।मुद्रण उद्योग संघ कास्कीमा सदस्यता लिएका नयाँ सदस्यहरु रोशन आचार्य, विश्व प्रधान र सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो।

    भ्रमण वर्ष २०२० लाई सम्पन्न गर्ने तथा संस्थालाई सुदृढ बनाई अगाडि बढाउने उद्देश्यका साथ ताङतिङ होमस्टेमा साधारणसभा तथा बनभोज कार्यक्रम राखिएको बनभोज कार्यक्रमका संयोजक तथा मूल्य निर्धारण उपसमिति संयोजक कृष्ण रञ्जितले जानकारी गराएका थिए। कार्यक्रम सञ्चालक महासचिव जिवन गोर्खालीद्वारा सञ्चालित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं