SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    ९५४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा । माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा गत बर्षको बिजेता समुह माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब बिजयी भएको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा गैंडाकोट खेलकुद विकास समितिले होराइजन युवा क्लब स्याङजालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेस गरेको थियो । उक्त खेलमा अमृत गुरुङ म्यन अफ दि म्याच घोषित भए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आइतबार नै भएको फाइनल खेलमा माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबले गैंडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले पराजित गर्दै बिजयी भएको हो । खेलमा माछापुच्छे« त्रिशक्तिको तर्फबाट रोहन थापा र अजित गुरुङले गोल गरेका थिए भने गैंडाकोटका राम थापाले गोल फर्काएका थिए । उक्त खेलमा माछापुच्छे« त्रिशक्तिका अजित गुरुङ म्यन अफ दि म्याच घोषित भए ।

    त्यस्तै खेल अबधिभर उत्कृष्ठ गोलरक्षकमा माछापुच्छे« त्रिशक्तिका सुजन नेपाली, डिफेन्समा अन्जन देबकोटा साथै मिडफिल्डरमा गैंडाकोटका राम थापा, स्टाइकरमा कुसल प्रताप गुरुङ, उत्कृष्ठ खेलाडी अमृत गुरुङ र सर्वा्धिक गोलकर्तामा होराइजन युवा क्लबका बिक्रम कुवँर भएका थिए । साथै भिमाद युथ क्लब तनहु अनुशासित समूह घोषित भएको थियो । जसले नगद पुरस्कारको साथमा ट्रफि प्राप्त गरेका थिए ।

    प्रतियोगिताको विजेताले रु १ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु ७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । समापन समारोहलाई सम्बोदन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उधोग पर्यटन बन तथा बातावरण मन्त्रि बिकास लम्साले खेलाडीलाई धन्यवाद दिदै खेलको साथै माछापुच्छे« गाउपालिकाको सम्भाबित पर्यटकीय क्षेत्रको बिकासका निम्ती प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्रता ब्यक्त गरे ।

    क्लबका अध्यक्ष निरज साहिको अध्यक्षतामा भएको कार्यक्रममा संयोज राजिन्द्र गौतमले धन्यवाद ज्ञापन र क्लब अनुसासन तथा ब्यबस्थापन समितिका संयोजक पानबहादुर जि.सिले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं