पोखरा । जरो टुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमामा ल्यार्पणगर्दै गोष्ठीको उद्घाटन गरेका थिए ।
पुस २७ राष्ट्रिय चाड विषयक गोष्ठीमा अध्यक्ष अधिकारीले नेपालको इतिहास लेखन नै गलतभएका कारण ऐतिहासिक सन्दर्भ महत्व ओझेलमा परेको बताए । प्रा.डा. भवानीप्रसाद पाण्डे भाष्करले देशको इतिहासका लागि देशका जनता जानकार हुन आवश्यक हरेको बताउँदै अनेक झुटा किंवदन्ती जोडेर शाहलाई तानाशाही र अपराधी बनाउन खोजे पनि शाह संरक्षणवादी अद्वितिय व्यक्तित्व थिए भने ।
पाण्डेले सबै राजाको राज्य रहेका बेलाउनले राजालाई नै जितेर एक राज्य बनाउनु समयको माग भएकाले उनलाई पतित बनाउन खोज्नु नेपालीमा मौलाएको पाखण्डीपन भएको स्मरणगर्दै भने– इतिहास परिहास हुनु हुँदैन ।’ प्राज्ञ रमेश श्रेष्ठले पृथ्वीचोकको शालिक भत्काउनु भीडहरुको दोष भएको भन्दै दुःख व्यक्त गरे । प्रज्ञा प्रतिष्ठानको कला विभाग प्रमुख रहँदापनि पृथ्वीचोकको शालिक भत्काएको सन्दर्भमा धेरै चर्चा भएको स्मरणगर्दै भने ‘मूर्ति भत्काउनु कलाको विनाशहो, अमर चित्रकारले बनाएको इतिहास अब कहिल्यै बन्दैन ।’उनले ढुंगामाटाका संरचना पुरानाहुँदा अस्तित्व समाप्तहुने तर सुनको अस्तित्व कहिल्यै नहराउने भएकाले शाहलाई सुनसँग तुलना गरे ।
विश्वहिन्दू महासंघका उपाध्यक्ष शंकर खरालले स्मार्ट सिटीको अवधारणानुरुप चोकका सम्पूर्ण शालिक हटाउने गरी भएको सम्झौता कार्यान्वयन नभए पृथ्वीनारायण शाहको योगदानको उपेक्षा हुने बताए । पुस २७ राष्ट्रिय चाडविषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले शाहको प्रजाबलिया हुनुपर्ने, जाई कटनगर्नु नुहने, घुस लिन्या र दिन्या प्रतिप्रशासन र न्यायलय कठोर हुनुपर्ने दिव्योपदेशलाई हेर्दा उनी एकताका प्रतिमूर्ति भएकाले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा आम नेपालीले आफ्नो चाड मान्नुपर्ने धारणा राखे ।
बिखर्चीले भने–‘सधै महापुरुष जन्मदैन हामीशाहले रक्षा गरेको पुरानै नेपालको नयाँ व्यवस्थामा रहेकाले उनले गरेको भौगोलिक एकीकरणलाई आत्मसात गर्न आवश्यक छ ।’ कार्यक्रममा डा. गेहेन्द्र भुषण पोखरेली, शिवत्रिपाठी, वसन्तचालिसे, सूर्य गिरी, ढुण्डीराज ज्ञवाली, चन्द्रावती वाग्ले, भरत आचार्य, आवाज शर्मा, शिवत्रिपाठी, नारायण बराल, मदनभण्डारी, शरद भण्डारी,असफल गौतम लगायतले आफ्ना धारणा तथा रचनावाचन गरेका थिए ।