SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    १४३७ &#२३४६;&#२३३५;&#२३२५;

    म नेता हो
    ……………….
    जसरी खिइएको हुन्छ नदिको ढुङ्गा
    जसरी गुल्टिएको पहाड
    कण कण बन्छ बेसि पुगुन्जेल
    जसरी आकाश को माथी पुग्न हिडेको झोक्का बादल
    झर्छ असिना र पानी बनेर
    ठिक त्यस्तै छन मेरा केही थान रहरहरु
    बजाउछन बाजा
    र बन्द गरेर पनि नाचिरहन्छन निकै बेर सम्म

    आज खाने चामल छैन
    छोराको लागि कपि सकियो
    बा को औसधि सकियो
    यस्तै यस्तै आफ्नै घरमा रन्किएको
    बिद्रोहको आगो
    निभाउन सक्दिन म
    र पनि लागिरहेछु आफ्नो देश बनाउछु भनेर
    अर्को बिद्रोह बोकेर
    सहयात्री को अगुवा बनेर

    च्यातेर आफ्नै कमिज
    बाधेको हु हिजो मात्र
    छिर्का लागेको घाउमा
    र पनि भनिरहेछु
    स्वास्थ्य निशुल्क हुनुपर्छ भनेर
    सबैको आबाज एक बनाएर

    उठाएर आफ्नै खुट्टा मा ठेला
    लुकाएर मन भित्रका हरेक पिडा
    सहेर हरेक दुखाइ
    म लम्किरहेछु गन्तब्यमा
    आफ्नो सामुहिकतामा
    र आफ्नो इमान्दारितामा
    एउटा ईतिहास बनाउन

    एक घुड्की पिएर पानी
    अजङ्गको यात्रा
    जो नियालिरहेछ मेरो समिपै देखि
    म बन्दुक होइन एक पाइला अघि
    कमल दगुराइरहेछु
    मेरा पछि को यो हुल
    बादसाह बन्ने हुल होइन
    सहयात्राको एउटा उदाहरण मात्र हो
    आज्ञाकारिताको नमुना हो
    र बिश्वासको प्रतीक पनि हो
    किन कि म नेता हो

    अर्जुन पौडेल निर्जन

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं