SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२० गते
    ५४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा सायकटेराका विपिन आलेको दुवै मिर्गौला फेल भएपछि उपचारमा आर्थिक समस्या परेको छ । आर्थिक अवस्था कमजोर रहेको आलेको परिवारले उपचारमा धेरै खर्च लाग्ने भएपछि सहयोगको याचना गरेका छन् । बाइस वर्षकै कलिलो उमेरमा दुवै मिर्गौला ला फेल भएर काठमाडौँमा उपचारत आलेले सबैलाई उपचारमा सहयोगका लागि आग्रह गर्नुभएको हो । आलेको उपचारमा आर्थिक सङ्कट परेको भन्दै आफन्त र शुभेच्छुकको पहलमा विपिन आले उपचार सहयोग समितिसमेत गठन गरिएको छ ।

    स्थानीय लक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा १२ पास गर्नुभएका आलेले दुवै मिर्गौला फेल भएपछि अहिले काठमाडौँको सुमेरु अस्पतालमा उपचार भइरहेको विपिन उपचार सहयोग समितिका संयोजक भीमलाल आलेले बताउनुभयो । अहिलेसम्म रु पाँच लाख बढी खर्च भइसकेको र पारिवारिक अवस्था कमजोर भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमाझ सहयोगका लागि अपिल गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । विपिनले डेढ वर्षअघि मात्र पूजा हमालसँग विवाह गर्नुभएको थियो ।

    विगत दुई महिनादेखि अस्पतालमा उपचाररत आलेले २२ वर्षमा भर्खर विवाह भएको र आफ्नो जीवनमा अनेक सपना रहेकाले त्यो पूरा गर्ने अवसरका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । “अहिले म अस्पतालको बेडमा छु”, उहाँले भन्नुभयो, “म रोगसँग हारेको छैन, यो चुनौतीसँग भागेको पनि छैन, धेरै यस्ता रोगबाट उपचार गरेर सकुशल फर्किएका छन्, नेपाली दाजुभाइ–दिदीबहिनीको सहयोगले म पनि स्वस्थ भएर फर्कने आशा गरेको छु ।”

    आलेको उपचारका लागि नियमित डायलासिस र ट्रान्सप्लान्ट गर्न ठूलो रकम खर्च हुनसक्ने अस्पतालले बताएकाले सहयोग अभियान थालिएको दाई रेशम आलेले बताउनुभयो । “भाइको ब्लड एभी नेगेटिभ भएकाले डायलासिस र ट्रान्सप्लान्टमा केही चुनौती भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा पालो पाउन समय लाग्ने भएकाले अहिले निजी अस्पतालमै नियमित डायलासिस गराइरहेका छौँ, अहिले ब्लड ग्रुप परिवर्तन गर्ने प्रविधिको समेत विकास भएकाले हामी डायलासिससँगै परिवारका सदस्यसँग मिल्ने गरी त्यो परिवर्तन गर्ने विकल्पका बारेमा पनि चिकित्सकसँग परामर्श गरिरहेका छौँ ।”

    सामाजिक, मानवीय सेवाभावले स्वतःस्फूर्तरूपमा सहयोग गरिदिन समितिले सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले विपिनकी श्रीमती पूजा हमालको माछापुच्छे« बैंक बागलुङ शाखामा रहेको खाता न ४४४८५२४६७१२८५०१३ मा सिधैँ जम्मा गर्न सक्नेछन् । यसका साथै उपचार सहयोग समितिमार्फत पनि सहयोग गर्न सकिने संयोजक भीमलाल आलेले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं