SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ८९५ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह तथा दीपिका पादुकोणले सन २०१८ मा धुमधामका साथ विवाह गरेका हुन् । उनीहरुले लामो डेट पछि विवाह गर्ने निर्णय गरेका थिए । विवाह पछि पनि यो जोडी हिट छ । अहिले बलिउडमा निकै चलेका दम्पत्तिका रुपमा यिनीहरुले आफुलाई स्थापित गरेका छन् । सार्वजनिक कार्यक्रममा उनीहरु एकअर्काबारे बारम्बार प्रशंसा पनि गरिरहेका हुन्छन् ।

    दुवैजनाले फिल्म उद्योगमा राज पनि गरिरहेका छन् । रियल र रिल लाइफ दुवैमा उनीहरु निकै खुसी देखिन्छन् । दीपिका पादुकोण तथा रणबीर सिंहको रिलमा होस् या रियलमा जोडी राम्रो जमेको चर्चा गरिन्छ ।अब यो जोडीबारे एउटा समाचार आएको छ । त्यो हो– रणबीर सिंहले एउटा फ्ल्याट भाडामा लिएका छन् । र, यो त्यही भवनमा हो जहाँ दीपिकाको घर छ । रणविरले दीपिकाकै घरमा ठूलो रकम तिरेर फ्ल्याट भाडामा लिएको खबर बाहिरिएको हो ।भारतीय सन्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार रणबीरले जुन भवनमा फ्ल्याट भाडामा लिएका छन्, त्यही भवनमा २६ औं तलामा दीपिकाको घर छ ।

    रणबीरले यो फ्ल्याटका लागि प्रत्येक महिना ७ लाख २५ हजार भारतीय रुपैयाँ तिर्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ । तेस्रो वर्षदेखि यो भाडा ७ लाख ९७ हजारा भारतीय रुपैयाँ हुने पनि लेखिएको छ । यी दुईले लामो समयको प्रेमलाई गत वर्ष इटालीमा विवाह गरेर दाम्पत्य जीवनमा बदलेका थिए ।रणवीरले सो फ्ल्याट तीन बर्षको लागि लिएका छन्। यसरी हिसाव गर्दा उनले यस फ्ल्याटको एक महिनाको भाडा ९ लाख ४८ हजार नेपाली रुपैयाँ तिर्छन । उनले तीन बर्षमा ३४ करोड १५ लाख बराबर तिर्नुपर्ने देखिन्छ । रणवीरले आफ्नै लागि वा केही कामका लागि यो फ्ल्याट लिएका हुन् त्यसबारे केहि बताएका छैनन् ।

    रणवीर र दीपिकाले २०१८ मा लामो समय डेट गरेपछि बिहे गरेका हुन् । उनीहरुको विवाह इटालीको लेक कोमोमा भयो। हाल दीपिका पादुकोण आफ्नो फिल्म छपक को प्रचारमा व्यस्त छिन्। विक्रांत मेसी फिल्ममा दिपिकासँग देखिदैछन्। यो फिल्म मेघना गुलजार निर्देशित गरेका छन्। फिल्म एसिड आक्रमण गरिएकी लक्ष्मी अग्रवालमाथि आधारित छ।त्यस्तै रणवीर सिंह आफ्नो अर्को फिल्म ८३ को तयारीमा व्यस्त छन्। रणवीर र दीपिका फेरि यस फिल्ममा देखा पर्नेछन्। यस फिल्ममा रणवीर कपिल देवको भूमिका खेल्ने छन। दीपिका उनकी पत्नी हुनेछिन्। यो फिल्मको कबीर खानदे निर्देशन गर्दैछन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं