SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    २०२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा,। स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा तीन दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला शुभारम्भ भएको छ । समारोहको उद्घाटन गर्दै वडा १५ का वडाध्यक्ष प्रकाश पौड्यालले संघसंस्था सञ्चालन गर्ने व्यक्ति बोल्न सफल भए मात्रै व्यक्ति र संस्थाको विकास हुने बताए ।

    उनले समृद्धिमा सामूहिक विकास अनिवार्य भएकाले संस्थागत प्रगतिमा महानगर सधैं हातेमालो गर्न तत्पर रहेको धारणा राखे ।
    वडा १५ का जनप्रतिनिधि पार्वती कार्कीले १५ नम्बर वडाका सीमान्तकृत समुदायका दिदीबहिनीलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताउँदै

    दिदीबहिनीले अवसरलाई उत्सवमा परिणत गर्न दत्तचित्त भएर लाग्न अनुरोध गरिन् । राष्ट्रिय भूमि अधिकार मञ्चका टेकबहादुर पुनले दिदीबहिनीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रम स्तुत्य रहेको बताए । पुनले थपे, महानगर भएर पनि पिछडिएको क्षेत्रका रूपमा रहेको टोलमा स्वतन्त्र पत्रकार संघ कास्की जुन कार्यक्रम लिएर आयो त्यसप्रति हामी सदा ऋणी रहने छौं ।

    कार्यक्रममा भगवतीटार आमा समूहकी अध्यक्ष शशी गुरुङ, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, उपाध्यक्ष तीलक थापा, संघका संघसंस्था समन्वय उपसमिति संयोजक सागर कार्की र सदस्य डिल्लीराम कार्कीलगायतले बोलेका थिए । वडा नं. १५ को समन्वयमा तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा विभिन्न महिला समूहका ५५ दिदीबहिनीको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं