आफ्नै आशुले भिजाएर माटो
छचल्काएर आधा गाग्रीझै भोको पेट
हुनै लाग्दा निमोनिया
सापटी मागेर चर्को ब्याजमा पैसा
खाएको थिए सिटनमोल किनेर दुखेको बेला छाती
जुन बेला
मैले राज्यप्रती गरेको अपराध
मैले शासकप्रती गरेको गद्दारीको
कुनै महसुश भएन
सरकार म देश बनाउन लागिरहे कृषक बनेर
गर्नुपर्ने थियो
मसाल बोकेर नेपाल बन्द
लाग्नुपर्ने थियो दलाली र ठेक्कापट्टनमा
अनि बन्नुपर्ने थियो कमोसनखोरि
तिमिले चाहेजस्तै दुहुनो गाइ
तर मेरो दिमागले भ्याएन त्यहासम्म सोच्न
र बगाए थोपा थोपा गनेर
साहुको लालपुर्जा भएको जग्गा भाडामा लिएर
कयौ भोको पेटहरु लाई राहत बन्न
म जुधिरहे लागिरहे आफ्नै माटो सिंचाउन
गरिरहे नगर्नु पर्ने काम
घोटिरहे हत्केला तिनै कबाड खेतहरुमा
जुन तिम्रो आबाजको बिरुद्ध थियो
जुन तिम्रो योजनाको बिरुद्ध थियो
उता
लागिरहे म बिरुद्ध मेरै शासकहरु
मैले नै उब्जाएको मेरै अन्न खाएर
त्यसैले त अचेल
म रोइरहेको छु
भोको पेट लिएर
तिम्रो शहरतिर तिमिलाइ चाहर्दै
लेखक अर्जुन निर्जन पौडेल, हाल कुश्मा