SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    १४८९ &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर,। विवाहित महिलाहरूले आफू विवाहित भएको पहिचान गराउनका लागि सिन्दूरको प्रयोग गर्ने गर्छन् । सिन्दूरलाई विवाहिता महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । तर, त्यस्ता सिन्दूर स्वास्थ्यका हिसावले भने हा’निका’रक हुने पाइएको छ ।

    एक अध्ययन अनुसार सिन्दूरमा लिड अर्थात् सी’साको अधिक प्रयोग हुने गरेको पत्ता लगाइएको छ । लिड मानव स्वास्थ्यका लागि हा’निका’रक मानिन्छ । लिडको स्तर र मात्राले स्वास्थ्य लागि हा’निका’रक हुने एउटा बेलायती अध्ययनले पत्ता लगाएको छ ।

    न्यूजर्सीस्थित ‘रच्गर स्कुल अफ पव्लिक हेल्थ’ पिस्काटावेका शोधकर्ताहरूले गरेको नमुना परीक्षणमा कूल १ सय १८ वटा सिन्दूरको नमुना परीक्षण गरिएको थियो । जसबाट सिन्दूरको रंगलाई गाढा बनाउनका लागि टेट्रोक्साइड नामक सि’साको प्रयोग गरिएको पाइन्छ । संकलित गरिएको सिन्दूरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको र अमेरिकन फूड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्डभन्दा अधिक मात्रामा सीसाको प्रयोग भएको पाइएको थियो ।

    सिँउदोमा प्रयोग गर्ने सिन्दूर हावाको माध्यमबाट फोक्सोमा तथा खानाको माध्यमबाट पेटमा पुग्न सक्ने हुँदा सीसाको सोझो असर शरीरमा पर्ने हुन्छ र मानिसको मृत्युसमेत हुन सक्छ । रङ, धुलो आदिमा सीसाको प्रयोगले स्वास्थ्यलाई खराब गर्नुका साथै मानसिक स्थितिमा समेत ह्रास ल्याउने उक्त अध्ययनले बताएको छ । सिन्दूरको प्रयोगले नवजात शिशुहरू सबैभन्दा धेरै जोखिममा पर्ने हुन्छ । आमाको सिन्दूरले ६ वर्षभन्दा कम उमेरका बच्चाका लागि स्वास्थ्यमा एकदमै प्रतिकूल असर पर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं