SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/७ गते
    १०३७ &#२३४६;&#२३३५;&#२३२५;

    धरान, । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त भएपछि आइतबार सुरक्षा निकायले खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो।

    एक थान खिया लागेको एसएमजी हतियार र नौ हजार नौ सय ८२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार स्थानीय खेम प्रधानको घर परिसरको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली बरामद गरिएको हो। ‘२० लिटर प्लाष्टिकको ड्रमभित्र हालेर गाडेको अवस्थामा हतियार र गोली भेटिए,’ एसपी पोखरेलले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

    हतियार र गोली भेटिएको घरका धनी प्रधान तत्कालीन नेकपा माओवादीका कार्यकर्ता हुन्। उनले २०६७ सालमा घर परिसरमा कुखुरा फार्म खोलेका थिए। हतियार र गोली सोही कुखुरा फार्ममुनि गाडेर राखिएको थियो। फार्म ढलान गरिएको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली भेटिएकाले ती २०६७ सालअघि नै राखिएको सुरक्षा निकायको निष्कर्ष छ। ‘२०६७ सालमा कुखुरा फार्मको भुइँ ढलान भएकाले त्यहाँ त्यसभन्दा अघि नै हतियार र गोली गाडिएको भन्ने बुझिन्छ,’ एसपी पोखरेलले भने।

    यसअघि धरान ६ पानवारीबाट द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले प्रयोग गरेको अत्याधुनिक हतियारसहित नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता पक्राउ परेका थिए। आइतबार बरामद हतियार र गोली पनि सशस्त्र द्वन्द्वकालमा विद्रोही माओवादीले प्रयोग गरेको र शान्तिप्रक्रियामा आएपछि लुकाउन गाडिएको अनुमान गरिएको छ।

    स्थानीय बासिन्दाका अनुसार घरधनी प्रधान माओवादी सशस्त्र युद्धको समयमा अर्धभूमिगत थिए। तर पछिल्लो केही वर्षयता भने उनी राजनीतिमा सक्रिय नभएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए। ‘उनी पूर्वमाओवादी कार्यकर्ता हुन्, युद्धकालमा अर्धभूमिगत थिए तर पछिल्लो समय राजनीतिमा निष्क्रिय छन्,’ मेयर खनालले भने।

    हतियार र गोली भेटिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरे, नगरेको विषयमा खुलाएको छैन। जिल्ला प्रहरी प्रमुख एसपी पोखरेलले हतियार र गोली बरामद भएको विषयमा अनुसन्धान भइरहेको मात्र प्रतिक्रिया दिए। ‘अनुसन्धान भइरहेको छ,’ उनले भने। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

    पोखरा। पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ...

    अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा...

    गायिका अस्मिता अधिकारीको‘देश निमार्णको संकल्प ’सार्वजनिक (भिडियो )

    काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत...

    शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं