

बाग्लुङ्ग ।
कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसैअवसमा गलकोट नगरपालिका वडा नं ३ को कार्यलय लाई एक कार्यक्रम विच १३ थान डस्टवीन वकेट हस्तान्त्रण गरेको हो ।
गलकोट नगरक्षेत्रको फोहोर मैला ब्यवस्थापनमा सहज होस भनि वैक को सामाजिक उत्तरदायित्व अन्र्तगत वकेट हस्तान्त्रण गरेको बैकका डिपोजीट एण्ड टान्जेक्सन बैङ्गकीङ्ग प्रमुख सुवास भट्टराई ले जानकारी दिनु भयो ।
बुधवार एक कार्यक्रम विच गनपा ३ को वडाकार्यलयमै सामाग्री हस्तान्त्रण गरिएको हो ।
वडा अध्यक्ष विरजंग भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत धौलागीरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले गर्नुभएको थियो भने र्कायक्रममा महिला मिलन केन्द्र गलकोट की अध्यक्ष कौशिल्या मागर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रमुख अतिथि भण्डारीले वैक लेगरेको सामाजिक कार्यको उच्च प्रशंशा गर्दै वैक संगको सहकार्य अझैवढी गाढा हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ धौलागिरी क्षेत्र अन्र्तगत वाग्लुङ्ग वजारमा शाखाविस्तारको तयारी रहेको वताईएको छ ।