SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२२ गते
    ३११५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अहिले सामाजिक सञ्जालमा स्वर्गिय पर्यटनमन्त्री रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको एक तस्वीर खुबै भाइरल भइरहेको छ । उक्त तस्वीरमा चुनावी अभियानमा भएका बेला भट्टराईको झोला अरु कसैले बोकेको छ । यसलाई लिएर अहिले नकरात्मक प्रतिकृयाहरु आउँन थालेका छन् ।

    तर उक्त फोटोमा भएका व्यक्ति विद्याका देवर (दिपेन्द्र अधिकारी) भएको खुल्न आएको । केही वर्ष देखि जापानमा बस्दै आएका उनी आफ्नी भाउजुको चुनावी अभियानमा सहयोगी भुमिका निभाउन नेपाल फर्केको बताइएको छ । सामाजिक सञ्जालमा एकजनाले दिपेन्द्रसहितलाई ट्याग गरेर एक स्टाटस राख्नु भएको छ । यस्तो छ स्टाटस, ‘आज यो फोटो भाइरल भयो ,ब्याग बोकाउन थालि भनेर त्यसैले मैले यो लेख्न बाध्य भए ।

    जस्ले ब्याग बोक्नु भएको छ उहाँको सहोदर देवर हुनु हुन्छ दाईको मृत्युपछि भाउजुको रेखदेख गर्नु आफैमा गर्व गर्नु पर्छ । हामीलाई यस्तो पर्दा कस्तो होला ? अरुलाई पर्दा हाँस्न हुन्न । बिबेक नगुमाऊ । मेरो न उहा संग चिन जान छ न कम्युनिष्ट बिचार नै बोक्छु । मेरो आस्था आज सम्म नेपाली कांग्रेसमा छ ।

    https://www.facebook.com/photo.php?fbid=10214863448395195&set=a.1204289342828&type=3&theater

    तर म एक नारी हुँ, भन्न र लेख्न पायो भन्दैमा बुझेर मात्रै लेखौ । हिजोको दिनमा रबिन्द्र अधिकारी बिरोधमा मैले लेखेकै थिए । तर आज एकल नारीलाई जे पायो त्यो लेख्दा मलाई असैह्य भयो ।पति बियोगमा नारीलाई हौसला दिनुपर्छ । हामिले हामीलाई पर्दा मात्रै गाह्रो होइन सबैलाई गाह्रो हुन्छ ।

    दुई बच्चाको आमा बुढा सासुससुराको लागि छोरो गुमाउदाको पिडा यहि नारीको काँधमा छ । शुभकामना छ तिमी लाई मेरो अगाडि बढ् । नारी शक्ति जिन्दाबाद । मेरो यो राजनिति होइन तर माया पक्कै , हो मलाई मेरो परिवारमा परेको दुःख थाहा छ । नारीलाई लोग्नी गुमाउदा कति गाह्रो हुन्छ । मैले नजिकबाट बुझेको छु त्यसैले कांग्रेस भय पनि तिम्रो जितको कामना गर्दछु।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं