SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१६ गते
    ६७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् ।

    पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो ।

    ‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ। केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको मर्यादा राखेको छु। पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ। आफूलाई फसाउन राजनीतिक षड्यन्त्र रचिएको भनाइसमेत छ।’

    महराले बयानमा जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै सामान्य प्रकृतिको व्यक्ति रहेको कुरा राखेका छन्। ‘उहाँले आफूमाथि लगाइएको अभियोग झुटा हो भन्नुभएको छ। राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो, ‘आफूलाई फसाइएको हो भन्नेमै उहाँको जोड छ।’

    महरालाई बलात्कार प्रयासमा सात वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं