SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/९ गते
    १०३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो।

    महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। ‘म रोशनीको निवास गएको हुँ तर कोठामा प्रवेश गरिनँ। फोन गरें। उठाइनन्’, महराले बयानमा भनेका छन्, ‘त्यसपछि फर्किएको हुँ ।’ प्रहरीले महरामाथि अर्को प्रश्न गरेका थिए– ‘तपाईंले झन्डै डेढ घण्टा बिताउनुभएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस्।’ यसको जवाफमा महराले आफूले फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको बताएका छन्।

    रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरेसँगै प्रहरीले यसबारे महरासँग प्रश्न गरेको थियो। जवाफमा उनले ती वस्तु आफूलाई फसाउने षड्यन्त्रअनुरूप त्यहाँ राखेको बताएका छन्। उनी रोशनीको कोठामा पुगेर फर्किएपछि मदिराले लठ्ठिएका थिए। चश्मा लगाएर रोशनीको कोठा पुगेका महरा चश्मा नलगाई फर्किएको बयान अंगरक्षकले दिएका छन्।

    प्रहरीले बयान प्रमाणित गरेसँगै एक अनलाइनलाई रोशनीले दिएको अन्तर्वार्तालाई पनि प्रमाणका रूपमा लिएको छ। ‘हामीले बलियो प्रमाणसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएका छौं’, स्रोतले भन्यो, ‘उहाँमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चल्ने स्पष्ट प्रमाण छ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं