SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२८ गते
    १२२० &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे ।

    ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो । कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवयस्था छ ।

    अन्नपूर्ण लेख्छ– सहमतिपछि मन्त्रिमण्डल हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सांसद् महेश बस्नेत। पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

    त्यस्तै अर्का अध्यक्ष प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटारमा बोलाएका छन् । अध्यक्षहरुले सांसद्हरुसँग छलफल गरेपछि मन्त्रिमण्डल हेरफेर हुने उच्च स्रोतलाई हावाला दिँदै अन्नपूर्णले समाचार लेखेको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं