नेपालको सुरक्षामा अब बाहिरका खतरा झनै बढेका छन् । तर, हाम्रो सुरक्षा संयन्त्र कति भुत्ते भने, सीमापारिबाट हुने खतरा नियन्त्रणको सञ्जाल मौका पाएर पनि फैलाइएको छैन । शायद नेपालमात्र यस्तो देश हो, जहाँको राजधानी प्रयोग गरेर विदेशीहरू रोजगारीका लागि अर्को मुलुक जाने गरेका छन् । कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीले नेपालमा कलबाइपास अर्थात् भिओआइपी धन्दा चलाए । र, उनैको जन्मभूमि बंगलादेशका थुप्रै नागरिक नेपाली राहदानी लिएर विदेश उडे । नेपाली राहदानीवाहक विदेशी नागरिक कुनै कारणले खाडी मुलुकमा मरे भने तिनको शव हाम्रै कमजोर प्रणालीका कारण ठेगानामा जान्छ ? विदेशमा ज्यान गुमाउने ती बंगलादेशीको शव धनुषा, महोत्तरी, बाँके, बर्दिया, पर्साजस्ता तराईका जिल्लामा पुगे के हुन्छ ? दिनमा दुई–तीनवटा शवका बाकस आउने गरेका छन् । त्यस्तो शव आएपछि तिनको वास्तविक जन्मथलो पत्ता लगाएर क्रियाकर्मको निम्ति पठाइदिनुपर्ने अर्को झण्झट छ ।
यो दृष्टान्तले भन्छ– नेपालमा नागरिकता किनमेल कति सजिलो रहेछ । खुला सिमाना र अन्तर्राष्ट्रिय स्तरका अपराधीको चलखेल पनि बढिरहेको छ, यही कारण । यिनलाई रोकथाम गर्न कति तदारुकता अपनाइयो ? स्पष्ट जवाफ छैन । समस्या छ, प्रहरीको अन्तर्राष्ट्रिय पहुँचमा । दिल्लीबाहेक हाम्रा प्रहरी सहचारी कहीँ छैनन् । पचासौँ लाख नेपाली विदेशमा छन् । उनीहरूलाई हेर्न विभिन्न देशमा श्रम सहचारी खटिएका छन् । नेपाली छन् र तिनलाई दुःख दिने अनेक पात्र पनि त्यहाँ हुने नै भए । उनीहरूलाई समस्या पर्दा सबै कुरा श्रम सहचारीले हेर्नेखालका हुँदैनन् । नेपालस्थित हरेक देशका दूतावासभित्र उनीहरूका सैनिक र प्रहरी अफिसर खटिएका छन् ।
कतिपय देशमा अध्यागमनको काम नै प्रहरीले गर्छ । बहुराष्ट्रिय अपराध, मानव तस्करी, अनलाइन बैंकिङ अपराध, लागुऔषधजस्ता चुनौति नेपालको सुरक्षा क्षेत्रमा बढ्दो छ । तर, अन्तर्देशीय प्रहरी सञ्जाल इन्टपोलसँग सम्पर्कबाहेक नेपाल प्रहरीले प्रत्येक दूतावासभित्र राख्न पाउने सहचारीको व्यवस्था आजसम्म गरेको छैन । फलतः नेपाललक्ष्यित वा नेपालीमाथि विदेशी भूमिमा हुने कतिपय आपराधिक कसुरमा प्रहरीको भूमिका भेटिँदैन । विदेशमा नेपालीले नेपालीलाई वा नेपालीलाई विदेशीले ठगेका छन्, लुटेका, पिटेका र अरु जघन्य कसुर भएका छन् । तर, प्रहरीको उपस्थिति नहुँदा विदेश बस्ने नेपाली निरन्तर अन्यायमा पर्दैै आएका छन् ।
भर्खरै चिनियाँ र भारतीय एटिएम ह्याकर समातिए । प्रश्न उठ्छ– विदेशीहरू यहाँ आएर अपराध गर्ने स्थितिमा पुगिसके भने विदेशमा हाम्रो प्रहरी किन नखटाउने ? हो, नेपाली सेना दूतावास भएका कतिपय मुलुकमा सहचारीको रुपमा छन् । तर, सेनाले राष्ट्रिय सुरक्षामा केन्द्रित भएरमात्रै काम गर्ने म्याण्डेट पाएको हुन्छ । नेपाली दूतावासहरूसँग अपराधसँग जुध्नसक्ने, त्योसम्बन्धमा विज्ञता हासिल गरेका कर्मचारी हुनुपर्ने कि नपर्ने ? यहाँ दुःख पाइयो भनेर नेपाली विदेश जान्छन् । तर, उता झन् भयावह दुःख पाएका छन् । यस्तोमा कानुनी रुपमा हैन, व्यक्तिगत सम्बन्धको आधारमा गएर नेपालीलाई दुःख दिनेमाथि कानुनी उपचारको पहल गनुपरेको विडम्बनापूर्ण बाध्यता छ ।
नेपालविरुद्ध षड्यन्त्र गर्ने, नक्कली नोटको कारोबार, प्रविधिको प्रयोग गरेर गोपनीयताविरुद्धको कसुर तथा आर्थिक अपराधलगायतका गतिविधिमार्फत् दुःख दिने उद्देश्यले अपराध गर्नेहरूको ट्राभल डकुमेण्ट रद्द गराउने चलन छ । तिनीहरू डिपोर्ट हुन्छन् । तर, हाम्रा प्रहरी विदेशबाट डिपोर्ट भएका नागरिक कतिबेला आउला र समाउँला भनी अध्यागमनमा ढुक्नुपर्ने बाध्यतामा छन् । उतै प्रहरी सहचारी भइदिए त्यहीँका प्रहरीको नियन्त्रणमा जान्थे वा बेकसुर भए त्यतै न्याय पाउँथे । तर, प्रहरीलाई न यता राम्रो हतियार र हेलिकोप्टर दिने, न विदेशमा खटाइने ।
अहिले व्यापक भएको सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरीको विभिन्न देशमा उपस्थिति जरुरी भइसकेको छ । अमेरिका, युरोप, जापान, कोरिया, खाडी मुलुकहरूमा बसेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने र स्वदेशमा बस्नेहरू पीडामै बाँच्नुपर्ने स्थितिको अन्त्यका लागि पनि त्यो जरुरी छ । जनआस्थाबाट