SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/३ गते
    १३१९ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा आउने समस्याका कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आँटिला तथा पराक्रमी क्रियाकलाप पछि परिनेछ । समाजमा तपाईँको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्तमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रसन्न रहनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेवाला कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार भइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा नचाहँदा नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाइमा भने विद्यार्थी वर्गहरूले अलि बढी ध्यान दिए सफलता हात पार्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागि समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्यापारमा समय दिन नसक्दा वा ध्यान नदिँदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । विलासी बस्तुको प्रयोग गर्न पाइने भए पनि बढिनै उत्साहित हुँदा नकारात्मक परिणाम देखा पर्नेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलासी बस्तु उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमाबुबासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाई लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाइबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

    अजय मिश्र,कपिलवस्तु।जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन...

    सार्वजनिक शिक्षा सुदृढीकरणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी,...

    हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

    पोखरा । हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई...

    जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१ फागुन ९ र १० हुने

    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ...

    लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

    कपिलवस्तु । नेपाल प्रहरीले “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं