धानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका छन् ।
नेकपाका एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गढबढ नभए अक्टोबरमै हुने सम्भावना छ । कान्तिपुर दैनिकबाट