SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१८ गते
    ८७९ &#२३४६;&#२३३५;&#२३२५;

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई भेटेको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ ।

    खनाललाई गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले त्यसबारे मौखिक स्पष्टीकरण सोधेका छन् । ‘आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेट्नुभयाे ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति लिनुभएन ?’ मन्त्री र सचिवले महानिरीक्षक खनाललाई सोधेको प्रश्न हो यो ।

    स्रोतका अनुसार खनालले रवि भेटेको विषयमा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयसमक्ष चासो राखेपछि उनलाई स्पष्टीकरण सोधिएको हो । संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेका खनालले रविलाई हिरासतमै भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएका थिए । अदालतमा पाँच लाख धरौटी बुझाएर लामिछाने केही दिनअघि रिहा भइसकेका छन् । २० साउनमा नारायणगढको एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले आत्महत्याअघि मोबाइलमा रेकर्ड गरेको भिडियोमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्युको बाटो रोज्न बाध्य भएको बताएका थिए ।

    सोही भिडियोका आधारमा पक्राउ उनीहरु तीनैजनालाई पक्राउ गरी चितवन लगिएको थियो । चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई बिना धरौटी रिहा गरेको हो । काठमाण्डौं टुडेबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं