SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२ गते
    ५८० &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकोप्रति आपत्ति जनाएका छन्। समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा बोल्दै नेता भट्टराईले राष्ट्रप्रमुखले आफ्नै देशको अस्पतालको विश्वास नगरेर विदेशमा औषधोपचार गर्न गएको भन्दै आलोचन गरे।

    ‘यस्तो सुन्दर देश छ, यहीँ नै राम्रो, भरपर्दो अस्पताल बनाउने, आफूले पनि यहीँ उपचार गर्ने, अरुलाई पनि स्वदेशकै अस्पतालमा उपचार गर्न प्रोत्साहन गर्नुपर्नेमा सामान्य चेकजाँचका लागि पनि हाम्रा देशका सरकार प्रमुख विदेशमा स्वस्थ्य चेकजाँच गर्न जान्छन्। यस्ता सरकार प्रमुखबाट जनताले के अपेक्षा गर्ने ?’ भट्टराईले भने, ‘पन्ध्र अर्बले नेपालमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउन सकिन्छ, तर अहिलेका प्रधानमन्त्रीले १५ अर्ब खर्च गरेर झापामा वुद्धको मूर्ति बनाउने तयारी गरिरहनु भएको छ। यस्तो सोचले विकास र समृद्धि आउँछ रु कस्तो सोच हो, नेताको ?

    दुई तिहाइको सरकार भने पनि प्रधानमन्त्री कुर्ची ढल्ने डरमा रहेको आरोप लगाए। ‘दुई तिहाइको सरकार त भनिएको छ, तर हाम्रा प्रधानमन्त्रीलाई कुर्ची जोगाउनै धौधौ छ’, उनले भने, ‘आफ्नै पार्टीभित्रका आफ्नै साथीहरुसँग यति आशंका छ कि, कतिबेला कुर्ची जाने हो, थाहा छैन। कतिबेला कुर्सी जाने हो भनेर उहाँ थर्थर कामिरहनु भएको छ।’ ठूला भ्रष्टाचारीलाई कुनै कारबाही नहुने, साना भ्रष्टाचारीलाई मात्र कारबाही गर्ने, आत्महत्या गर्नसम्म बाध्य पार्ने गरेको उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं