SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१ गते
    १६४७ &#२३४६;&#२३३५;&#२३२५;

    प्रहरी हिरासतमा रवि लामिछाने समर्थकले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै चितवनमा प्रदर्शन भएको छ ।

    शनिबार प्लेकार्डसहित अनुसन्धान प्रभावित हुने गरी दबाब नदिन भन्दै स्वतन्त्र युवा समूहका नाममा भरतपुरको चौबीसकोठीमा प्रदर्शन गरेका हुन् ।

    प्रहरीले आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोगमा लामिछाने, उनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा कार्यरत युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई राजधानीबाट पक्राउ गरी चितवन लगेको छ । जिल्ला अदालतले चिवतनले शुक्रबार पक्राउ परेका तीनैजनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    त्यसविरुद्ध राजधानीबाट गएका लामिछाने समर्थकले भरतपुरमा प्रदर्शन गर्नुका सार्थ जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेका थिए । त्यस क्रममा पाँच प्रहरी घाइते भएका छन् । प्रदर्शनका सहभागीले ‘ ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगायत नारा लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं