SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३१ गते
    ८११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै अर्थ नहुने बताउभयो ।

    उहाँले विधिलाई पनि धर्मले डोहो¥याउने भएकाले धार्मिक सहिष्णुता विना शान्ति असम्भव भएको उल्लेख गर्नुभयो । विधिलाई टेकेर शासन गर्न आग्रह समेत गर्नुभयो । जहाँ धर्मलाई टाढा राखिन्छ, धर्मलाई अपमान गरिन्छ त्यहाँ शान्ति, समृद्धी र सुसासनको कल्पना गर्न नसकिने बताउनुभयो । गेरुवा बस्त्र लगाउदैमा धर्म नुहने बताउँदै धर्म भित्र अधर्मको प्रवेश हुने गरेको तथ्यमाथि बोल्नुहुँदै त्यस्ता अधर्मीमाथि सचेत हुन आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा साँसद विन्दुकुमार थापाले मानव सेवा र कल्याणनै धर्म भएको उल्लखे गर्नुहुँदै जनै पूर्णीमाको महत्वबारे बोल्नुभयो । नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले धर्म संस्कृती र संस्कार विनाको समृद्धीको कुनै अर्थ नहुने बताउनुभयो ।

    राजयोगिनी दिदी प्रणिताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ब्रम्हकुमार शैलेश लगायतका वक्ताहरुले रक्षा बन्धन र शान्तिका बारेमा बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं