SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३० गते
    ११३५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा,  । पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

    पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस अभियानलाई विभिन्न संघसंस्थाहरुको सहकार्य र समन्वयमा सफल पारिएको प्रति खुसी प्रकट गर्दै यस्ता प्राकृतिक प्रकोपलाई न्युनिकरणमा सबैको ध्यान जान आवश्यक रहेको भनाई राख्नुभयोे ।

    वडा नं ३१ को बलेवामा मुसहर जातिको बाहुल्यता रहेको र शिक्षा तथा स्वास्थ्यको दृष्टिकोणले पछाडी रहेको बताउँदै स्थानिय सरकारले मुसहर जातिका बालबालिका, महिला एवं युवाहरुका क्षेत्रमा महत्वपुर्ण काम गर्न अझै बाँकी रहेको गुरुङले बताउनुभयो ।

    राहत वितरण कार्यक्रममा बोल्दै बलेवा वडा नं ३१ का वडासदस्य अदालत अन्सारीले पोखरादेखि यति टाढा आएर अत्ति व्यवस्थित तरिकाबाट राहत वितरण गरेकोमा पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिनुभयो । उहाँले यो राहत वितरण पहिलोपटक व्यवस्थित र मर्यादित तवरबाट भएको कुरा राख्दै मुसहर बाढी पिडितलाई ठुलो राहत भएको तर्क राख्नुभयो ।

    उक्त मुसहरबस्तीमा रहेका स्थानीय बासिन्दाहरुलाई पखेटा नेपालका अध्यक्ष विनु श्रेष्ठले सेनेटरी प्याडको उपयोगिता बारेमा जानकारी दिनुभएको थियो । सो राहत वितरण अभियानमा पोखरा वाणिज्य संघका प्रतिनिधिहरु, बालश्रम न्युनिकरण कार्यक्रमका परियोजना संयोजक प्रिती पाण्डे, प्रशासन संयोजक सरिता ताम्राकार, नेपाल व्युटिसियन संघका गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोईराला, लायन्स क्लब अफ पोखरा व्युटी सिटिका प्रथम उपाध्यक्ष मिना प्रधान लगायतको उपस्थिति रहेको थियो ।

    राहत वितरण अभियानमा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवाका सुरक्षकर्मी तथा जनप्रतिनिधिको निगरानीमा साम्रागी वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं