पर्वत । ओली नेतृत्वको सरकारले प्रतिबद्ध गरेको बिद्रोही नेकपामा जिल्ला सदस्य प्रकाश लामिछाने पक्राउ परेका छन् । पर्वत जिल्लाको तिलाहारमा रहेको एनसेल टावरमा आक्रमण गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
अर्यालका अनुसार लामिछानेलाई हिजो पक्राउ गरिएको थियो । उनलार्इ प्रतिबद्धित पार्टीको जिल्ला सदस्य भएको र तिलाहारमा रहेको एनसेल टावरमा आक्रमण गरेको कारण प्रक्राउ गरिएको हो । उनलाई अनुसन्धानको लागि म्याद थपेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यता बिद्रोही नेकपाका नेताहरुले भने राज्यले गैर न्यायीक रुपमा आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार तथा हस्तक्षेप गरेर गलत गरेको भन्दै तत्काल रिहाई गर्न आग्रह गरेको छ ।