
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौँ — काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ भंगालका ४० वर्षीय सन्तोष विक २१ पुसमा पक्राउ परे । मदिराले मातेका उनी अघिल्लो रात छिमेकको एक टहराभित्र छिरेका थिए । त्यसपछि उनले सुतिरहेका ७ र ६ वर्षका बालबालिकालाई खाटबाट तानेर संवेदनशील अंग चलाउन थाले । बालबालिकाकी आमाले देखेपछि भागेका सन्तोषलाई प्रहरीले घटनाको भोलिपल्ट पक्राउ गर्यो ।
१२ पुसमा बुढानीलकण्ठ–५ स्थित डेराबाट २८ वर्षीय विनोद चौधरी समातिए । उनीमाथि एक युवतीलाई गाँजा र चरेस खुवाएर अर्धचेत बनाई जबर्जस्ती करणी आरोपमा जाहेरी परेको थियो । त्यस्तै, १० पुसमा बुढानीलकण्ठ–४ पसिकोटबाट २१ वर्षीय लाक्पा शेर्पा पक्राउ परे । उनीमाथि एक महिलालाई घरेलु मदिरा सेवन गराएर अचेत पारी जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यी तीनै घटना काठमाडौंको सहरोन्मुख काँठ क्षेत्र मानिने बुढानीलकण्ठमा भएका हुन् । पुसयताका चार महिनामा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले ६ जनालाई जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगमा पक्राउ गरेको छ । पक्राउ परेका ६ मध्ये तीन घटनामा मादक पदार्थको प्रयोग भएको देखिन्छ । त्यसो त प्रभागले १६ पुसमा बुढानीलकण्ठ–३ नारायणस्थानबाट ४५ वर्षीय जगदीश प्रजापतीलाई पक्राउ गरेको थियो । उनीमाथि पनि एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप छ । त्यस्तै, २५ पुसमा बुढानीलकण्ठ–६ हात्तीगौडास्थित टनगाउँबाट २४ वर्षीय विजय नगरकोटी पक्राउ परे ।
उनीमाथि एक किशोरीलाई ललाईफकाई फुपूको घरमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त जगातीले समातेको थियो । ४ चैतमा भने प्रहरीले बुढानीलकण्ठ–८ भंगालबाट २७ वर्षीय राजेन्द्र नेपालीलाई पक्राउ गर्यो । स्थानीय रुटमा चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्ने उनीमाथि नाबालिकालाई फकाईफुल्याई बसभित्र लगेर जबर्जस्ती करणी गर्न खोजेको आरोप छ ।
मादक पदार्थको प्रयोग भएका र नभएका गरी ६ घटनामध्ये सबैजसो घटनाका आरोपित मजदुरी पृष्ठभूमिका छन् भने धेरैजसो पीडित पनि सोही पृष्ठभूमिका देखिन्छन् । काठमाडौंको एउटा भेगमा चार महिनामा भएका जबर्जस्ती करणी र करणी उद्योगका यी ६ घटनाले यौन हिंसाको जोखिममा कति धेरै बालबालिका र महिला छन् भन्ने मात्रै बुझाउँदैन, सहरी क्षेत्रमा बढिरहेको अपराधलाई पनि दर्शाउँछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुनमा मात्रै देशैभरि जबर्जस्ती करणीका २ सय १७ र जबर्जस्ती करणी उद्योगका ६९ वटा घटना प्रहरीमा दर्ता भएका थिए । यो भनेको माघ महिनाको झन्डै दोब्बरले बढी हो । माघ महिनामा जबर्जस्ती करणीका १ सय ७७ र जबर्जस्ती करणी उद्योगका ५५ वटा घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा देशभर जबर्जस्ती करणीका २५ सय ५४ मुद्दा दर्ता भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा भएका घटनाको संख्या मात्रै २ सय २९ छ । यो देशभर हुने जबर्जस्ती करणीका घटनामा ९ प्रतिशत हो । आर्थिक वर्ष २०७६/७७ मा भने देशभर जबर्जस्ती करणीका २४ सय ५० मुद्दा दर्ता भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा भएका घटनाको संख्या मात्रै २ सय ९६ अर्थात् करिब १२ प्रतिशत छ । दुई वर्षको तथ्यांक नियाल्दा जबर्जस्ती करणीका घटना काठमाडौंमा कमी आएको देखिन्छ ।
प्रहरी परिसर काठमाडौंका अनुसार यस वर्ष साउन–फागुन ८ महिनामा काठमाडौंमा मात्रै जबर्जस्ती करणीसम्बन्धी १ सय ३४ मुद्दामा १ सय ४८ जना पक्राउ परे । साउनमा जबर्जस्ती करणीका १६ मुद्दामा १९ जना पक्राउ परेका थिए भने फागुनमा जबर्जस्ती करणीका २० मुद्दामा १८ जना समातिएका थिए । काठमाडौंमा प्रत्येक डेढ दिनमा औसत जबर्जस्ती करणीका एउटा घटना हुने गरेको देखिन्छ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली प्रहरी समुदाय साझेदारी र प्रहरीको व्यापक परिचालनले काठमाडौंमा यस्ता घटनामा कमी आएको दाबी गर्छन् । धेरैजसो जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका घटना कोर सहरी क्षेत्रमा भन्दा पनि चक्रपथबाहिरका सहरोन्मुख क्षेत्रमा बढी भएको उनले बताए । बुढानीलकण्ठ क्षेत्रमा चार महिनामा भएका ६ घटनालाई यसैको प्रमाणको रूपमा अर्थ्याउँदै उनले भने, ‘जबर्जस्ती करणीका कैयौं घटनामा मादक पदार्थ सेवनको पृष्ठभूमि देखिन्छ । यस्ता घटना कलकारखाना क्षेत्र र श्रमिकको बाहुल्य भएको ठाउँमा धेरै भइरहेको देखिन्छ ।’
एसपी मैनालीले आफू जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख भएर रहँदाको समय सम्झिँदै त्यतिबेला आफूले गरेको अध्ययनमा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका ८० प्रतिशत घटनामा पीडकले मादक पदार्थ सेवन गरेको भेटेको सुनाए । उनले भने, ‘काठमाडौंको बाहिरी क्षेत्रमा हुने यौनहिंसाका घटनामा पनि यस्तै प्रवृत्ति देखिन्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया