
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौँ — विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ तोकेको छ । तर, राजधानीकै अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको तथ्य खुलेको छ ।
महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका दुई र काठमाडौं तीनकुनेमा अवस्थित कान्तिपुर अस्पताल प्रालिका दुई कर्मचारीलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि ती अस्पतालबाट स्वाबको नमुना नलिई फोटो र पासपोर्टका आधारमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरिएको महाशाखाले जनाएको छ । ‘अस्पतालका कर्मचारीले एजेन्ट नै खटाएर फोटो र पासपोर्टका आधारमा पीसीआर नेगेटिभ रिपोर्ट बनाइदिने गरेको तथ्य फेला परेको छ,’ महाशाखा प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘अस्पतालका कर्मचारीले आफ्नै स्वाबबाट धेरैको पीसीआर रिपोर्ट बनाइदिएको पाइएको छ ।’
प्रहरीले नागरिक हस्पिटलका कर्मचारी धनुषा विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित विमानस्थल अगाडिबाट पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । सोही अस्पतालका ल्याब प्रबन्धक सर्लाही बलरा नगरपालिका–७ घर भई मध्यपुर थिमि कौशलटार बस्ने २४ वर्षीय प्रसन्नकुमार झा पनि ल्याबबाटै पक्राउ परेका छन् ।
त्यस्तै, कान्तिपुर अस्पतालका कर्मचारी धनुषा क्षिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनालीलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । कान्तिपुर अस्पतालबाट पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट उल्लेख गरिएको ४ थान रिपोर्ट पनि भेटिएको छ ।
प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर मोनिटर १ थान, ल्यापटप १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिस्टर, नक्कली पीसीआर रिपोर्ट, रसिद प्याड र मोबाइल ५ थान बरामद गरेको छ । नागरिक अस्पतालका पीसीआर ल्याब सञ्चालक रौतहट राजदेवी नगरपालिका–४ बसतपुर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक काठमाडौं महानगर–३२ पेप्सीकोलाका ४० वर्षीय निर्मल गिरी फरार छन् ।
दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको प्रहरीले जनाएको छ । ती अस्पतालका ल्याबले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । ती ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेका थिए ।
कतिपय पीसीआर पोजिटिभ देखिएका नमुनाको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको बताए । ती अस्पतालले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ ।
सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै बिचौलियाले आफैंले आफ्नै वा परिवारकै स्वाब घरबाटै संकलन गरी ल्याएर विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको महाशाखा प्रमुख एसएसपी कुँवरले बताए ।
बिचौलियारएजेन्ट र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति ८ देखि १८ हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया