SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/९ गते
    ११३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’ को उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४० वर्षको अल्पायुमै निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

    आइतबार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन् । केही समयदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठको एक सातादेखि अस्पतालमा उपचारत भई रहेकोमा उपचारकै क्रममा वैशाख ६ गते बिहीबार निधन भएको थियो । स्वर्गीय श्रेष्ठका श्रीमान र एक छोरी छन् ।

    झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ २०६४ सालमा हेटौडामा स्थापित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा सुरुदेखि नै आवद्ध रहेर काम गरेकी थिइन् । २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा सञ्चार नेटवर्क ९९.४ मेगाहर्जमा आवद्ध रही पछिल्लो डेढ दशकदेखि युवालक्षित कार्यक्रम निर्माण र सञ्चालकका रूपमा कार्यरत श्रेष्ठ त्यस दौरान चितवन र वीरगञ्जको विभिन्न रेडियोमासमेत काम गर्न पुगेकी थिईन् ।

    श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु महिला रेडियोकर्मी गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा मृतक श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं